पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न आग्रह गरेका छन् । बिहीबार एक सार्वजनिक अपील जारी गर्दै डा भट्टराईले जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आह्वान गरेका हुन् । प्रतिष्ठानमा रहेको विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनी