नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्यमा सामान्य गिरावट आएको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै तेस्रो दिनपछि सुनको भाउमा सामान्य गिरावट आएको जानकारी दिएको हो ।आज तोलामा ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख २०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ७०० रूपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ थियो ।महासंघका अनुसार लगातार तेस्रो दिनदेखि सुनको मूल्य बढिरहेको थियो ।