नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता ...