सात लाख पर्ने एप्रोन खरिदमा ४६ लाख खर्च !

८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक अनियमितता गरेको भन्दै प्रदेशको सार्वजनिक लेखा समितिले कारवाही प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले गत आर्थिक वर्ष ०७७/७८ मा सार्वजनिक खरिद ऐनको समेत विपरीत हुने गरी बजार मूल्य बढीमा १६० रुपैयाँ पर्ने डिस्पोजल एप्रोन १०३८ रुपैयाँका दरले खरिद गरेको पाइएपछि छानबिन गरेर […]