विद्युत् विक्री आम्दानी घटेसँगै हिमाल दोलखा हाइड्रोपावर करीब २ करोड नोक्सानीमा

भदौ ९, काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त विवरण अनुसार कम्पनीले रू. १ करोड ८८ लाखभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष सो अवधिसम्म रू. १ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष आयोजना खर्च बढेको र विद्युत् विक्री आम्दानी घटेकाले नोक्सानी व्यहोरेको देखिएको हो । गत वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी ३२ दशमलव ८२ प्रतिशत कम भएको छ भने आयोजना खर्च ४६ दशमलव ५९ प्रतिशत बढी भएको छ ।  अघिल्लो वर्ष विद्युत् विक्रीबाट रू. २२ करोड ८ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष सोही अवधिसम्म रू. १४ करोड ८३ लाखभन्दा बढी मात्र यो आम्दानी गरेको हो । आयोजना खर्च भने अघिल्लो वर्ष रू. २ करोड २८ लाखभन्दा बढी भएकोमा गत वर्ष रू. ३ करोड ३५ लाखभन्दा बढी भएको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्ष जगेडा कोष रकम रू. २५ करोड २७ लाखभन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष ५ दशमलव ४९ प्रतिशत वृद्धि भई यो ऋणात्मक रकम रू. २६ करोड ६६ लाखभन्दा बढी पुगेको छ । कम्पनीको दीर्घकालिन कर्जा रकम भने अघिल्लो वर्षभन्दा ४ दशमलव ३९ प्रतिशत घटेको छ ।  अघिल्लो वर्षसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी रहेको दीर्घकालिन कर्जा रकम गत वर्षसम्म रू. १ अर्ब ६ करोडभन्दा बढी कायम भएको हो । खुद नोक्सानीमा रहेको यस कम्पनीको गत चौथो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १ दशमलव १८ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ८३ दशमलव ३३ रहेको छ ।                                                                           स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण