युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए। त्यस क्रममा बसमा रहेका अन्य ६ जना घाइते भएका थिए। स्थानीय समयानुसार मंगलबार साँझ ७ :२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ। अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ। प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ।