टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे । उनले प्रतियोगितामा तैनाथ हुने सुरक्षाकर्मीमा टर्कीको हिस्सा कति हुने भन्ने चाहिँ खुलाएनन् ।टर्की र कतारले पछिल्लो