अघि बढ्यो भेरी बबई डाइभर्सन

बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ। आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ। अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म एक हजार ५० मिटर…

सम्बन्धित सामग्री

ओलीले गरे भेरी-बबई डाइभर्सन आयोजनाको अवलोकन (तस्विरहरु)

काठमाडौं,१९ मंसिर । ६ दिनदेखि जारी नेकपा एमालेको झुलाघाट -चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा अन्तर्गत देश दौडाहामा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको अवलोकन गरेका छन् । समृद्धिको लागि संकल्प यात्रा अन्तरगत सुर्खेतबाट रुकुम जाने क्रममा उनले भेरी बबई डाइभर्सनमा अवलोकन गरेका हुन् । समृद्धिको […]

भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।...

कछुवा गतिमा भेरी–बबई डाइभर्सन आयोजना

नौ वर्षमा ६० प्रतिशत काम सकिएको यो आयोजनाको बाँकी ४० प्रतिशत काम आगामी तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । तर मन्त्री बस्नेतको निर्देशन छ– दुई वर्षमा नसके म्याद थप हुँदैन । जाजरकोट– सरकारले महत्वपूर्ण आयोजनाका रूपमा अगाडि सारेर २०७१ चैत १९ मा शिलान्यास गरी निर्माण थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १० वर्षमा लागेको छ […]

सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प

बाँके, कात्तिक ३० । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुगे । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुने र गठबन्धनका लागि जनतासँग भोट मागे। जनगुनासो सुनिसकेपछि उनले भने, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै […]

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति ५३%

कर्णाली-राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ ।कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको छ । हाल बाँध (हेडवक्र्स) र विद्युतगृह (पावरहाउस) निर्माण, हाइड्रो मेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका काम भइरहेको आयोजनाले जनाएको छ ।आयोजनाका सूचना अधिकारी एवं […]

राष्ट्रिय गौरवको भेरी बबई आयोजनाको काम ५३ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको छ । कोरोना भाईरसको महामारीको समयमा पनि काम नरोकेको आयोजनाले तोकिएको समयमा काम पुरा गर्न सिभिल निर्माण कार्यलाई तीव्रता दिएको हो । हाल बाँध, विद्युत गृह निर्माण, हाईड्रो मेकानिकल निर्माण लगाएतका काम भैरहेको आयोजनाले जनाएको छ । आयोजनाको पहिलो चरणको काम […]

भेरी–बबई डाइभर्सन आयोजना : बाँधस्थल निर्माण तीव्र

सुर्खेत । नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोग गरिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्य आयोजना बाँधस्थल निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनामा राखिएको यस डाइभर्सन निर्माणको तेस्रो चरणअन्तर्गत हाइड्रोमेकानिकल सम्बन्धी कार्यहरू शुरू भएसँगै बाँधस्थल निर्माणको कामले गति लिएको हो । आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी कामका लागि चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनीयरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख रुपैयाँमा सम्झौता गरेको छ । अहिले सिभिलअन्तर्गत हेडवकर््स, विद्युत् गृह र सर्ज साफ्टको काम भइरहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनीयर लेखनाथ सुवेदीले जानकारी दिए । उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फको टेन्डर भएर छिट्टै निर्माण प्रक्रियामा जाने तयारी भएको बताए । उनका अनुसार अप्रत्याशित वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट बाहिर निकाल्ने काममा केही समय व्यवधान पुगे पनि हाल तीव्र रूपमा काम अघि बढिरहेको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम र स्लोप प्रोटेक्सनका साथै सर्ज साफ्ट निर्माण क्षेत्रमा पाइलिङ कार्य भइरहेको छ,’ उनले भने, ‘काम जतिसक्दो छिटो सक्न दिनको तीन सिफ्टमा काम भइरहेको छ ।’ उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको बताए । आयोजनाको हालसम्म वित्तीय प्रगति ३९ दशमलव ८० तथा भौतिक प्रगति ५३ दशमलव ५ प्रतिशत भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा विनियोजन गरेको बजेट ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँमध्ये माघ मसान्तसम्म ५५ करोड ५७ लाख २५ हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए । यसअघि आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/८० मा सक्ने कार्यादेश पाएको छ । गत मङ्सिरमा संघीय मन्त्रिपरिषद् बैठकले २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेसँगै आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको सूचना अधिकारी सुवेदीले बताए । उनले आयोजना प्रभावित क्षेत्रका छुटेकालाई हाल क्षतिपूर्ति दिने कार्य प्रक्रियामा रहेको जानकारी दिए । उत्साहजनक प्रगति आर्थिक वर्ष २०६८/६९ मा भेरी बबई डाईभर्सन आयोजनालाई राष्ट्रिय गौरवमा सूचीकृत गर्दै १० वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । अन्य राष्ट्रिय गौरवका आयोजनाको तुलनामा भेरी–बबई डाइभर्सनको भौतिक प्रगति सन्तोषजनक देखिन्छ । कोभिड–१९ र अन्य अवरोध आए पनि आयोजना तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्नेगरि काम अघि बढाएको आयोजना प्रमुख हरिनारायण यादवले बताए । उनले चालू आर्थिक वर्षको पछिल्लो ७ महीनामा आयोजनाको ५३ दशमलव ५ प्रतिशत भौतिक प्रगतिलाई उत्साहजनक मान्न सकिने जिकीर गरे । सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेबाट १२ किमी २१० मीटर लामो सुरुङमार्फत हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । सरकारले आन्तरिक स्रोतबाट विद्युत् र सिँचाइ पुर्‍याउने उद्देश्यले निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । यो आयोजना सफल भएमा थप यस्तै प्रकृतिका सातओेटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।

भेरी बबई आयोजना : तेस्रो चरणको काम सुरु

–प्रकाश अधिकारीराष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम) सम्बन्धी कार्य सुरुवात गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ । आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुस

भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त

सुर्खेत, असोज १० । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो । टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो । २०७६ […]

भेरी-बबई डाइभर्सन सुरुङ निर्माण तीव्र

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कामले