अवरुद्ध कर्णाली करिडोर सञ्चालनमा आएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिकाको लालीघाटबाट हुम्लाको सल्लीसल्लासम्मको सडक खण्डको वर, गोब्रेभिड र खोलीबजार सिमखेतमा गएको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो ।पहिरोका कारण करिडोरका विभिन्न ठाउँमा ठूला–ठूला ढुङ्गा खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन नेपाली सेनाले निरन्तर काम गरेको थियो ।सेनानी प्रेम कार्कीले अवरुद्ध सडक १५ दिनपछि खुलाएको जानकारी दिए । उनले भने, “निरन्तर काम गरेर पहिरो पन्छाई सडक पूर्णरूपमा सञ्चालनमा ल्याऔँ । ” सडक अ