नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको बेला जनतामा मारमा पार्ने गरी मूल्यवृद्धि गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्यास, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जाने बेलामा मूल्यवृद्धि गराएर आफ्नै...