काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकका अनुसार नौ महिनामा १४ सय ८१ अंकले उकालो लागेको छ। नेप्से परिसूचक चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा १३६२ अंकमा थियो। त्यसयता निरन्तर उकालो लाग्दै वैशाख मसान्तसम्म आइपुग्दा २६ सय ८४ अंकमा आइपुगेको छ। गत वर्षको लागेको लकडाउन खुलेयता सेयर बजारमा निरन्तर सुधार आइरहेको छ।