हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सपना यसवर्ष पनि अधुरै रहने भएको छ । नेपाली सेनाले जिम्मा लिएको चट्टाने भिर छिचोल्ने काम सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकाको खार्पु भएर बग्ने चुवाखोला कर्णाली नदीमा पुल नबन्दा हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताए ।