कमल नेपाल

गत आर्थिक वर्ष ०७९/८० मा वाणिज्य बैंकहरूले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्ष ०७८/७९ को तुलनामा २५ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । यस वर्ष केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा पहिलेको तुलनामा उल्लेख्य वृद्धि देखिएको हो, जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा पनि सबैभन्दा धेरै ७६ प्रतिशतले बढेको देखिन्छ ।