थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन देउवाद्वारा भारतसँग आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गरेका हुन् ।व

सम्बन्धित सामग्री

महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट सिधा उडान अनुमति देला भारतले

बुद्धजयन्तीका दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउनुभयो । त्यहाँ दुई देशका प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलबीच छलफल र समझदारीपत्रमा हस्ताक्षर पनि भयो । छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभयो । सोमबार नै नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको थियो भने …

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गरेका छन् ।