काठमाडौं । ललितपुरकी जानकी शाक्य बुधबार बिहान सिंहदरबार वैद्यखानाअगाडि बिक्री काउन्टर खुल्ने समय पर्खेर बसेकी थिइन् । वैद्यखानाका कर्मचारी आएपछि उनले औषधिको पर्चा देखाइन्, तर कविराज आदित्य ठाकुरले औषधि सकिएको भन्दै अन्तबाट किन्न भनेर फर्काइदिए । मिर्गौलाको पत्थरीका कारण उनले लामो समयदेखि वैद्यखानाको आयुर्वेदिक औषधि सेवन गर्दै आएकी थिइन् । केही महिनायता सिंहदरबार वैद्यखाना पुग्ने करिब ७० प्रतिशतभन्दा […]