सरकारले ल्यायो सजाय छुट दिने निर्देशिका

काठमाडौं, जेठ ८ । सरकारले विभिन्न फौजदारी मुद्दामा जेलमा रहेकालाई छुट दिन ‘सजायमा छुट दिने मागदाबीसम्बन्धी निर्देशिका २०८०’ जारी गरेको छ। मुलुकी कार्यविधि संहिताबमोजिम जारी गरिएको निर्देशिका दुरूपयोग गरे दुर्घटना निम्तिन सक्ने सरोकारवालाहरू बताउँछन्। महान्यायाधिवक्ता कार्यालयको परामर्शमा सरकारले जारी गरेको निर्देशिकामा सजाय छुटको व्यवस्था गरेको छ। कसुर लागेका व्यक्तिले कसुर स्विकारेर अनुसन्धान अधिकृतसमक्ष प्रमाण जुटाउन […]