मणिपुर पहिराेमा मृत्यु हुनेकाे संख्या २६ पुग्याे, ११ बेपत्ताको खोजी जारी

रेलवे निर्माणस्थलमा भारी वर्षाका कारण गएको पहिरोको भग्नावशेषबाट हालसम्म २६ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिरोमा बेपत्ता भएका ३७ जना मध्ये २६ जनाको शव निकालिएको हो । ११ जना बेपत्ताको खोजी कार्य जारी छ ।