मुलुकमा दलित जनप्रतिनिधि, चुनौती र सम्भावना

थिङ्क ट्याङ्क समता फाउन्डेसनको आयोजनामा गत महिना देशभरबाट निर्वाचित दलित जनप्रतिनिधिको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सातै प्रदेशका निर्वाचित गाउँपालिका प्रमुख, उपप्रमुख, प्रदेश सांसद, संघीय सांसद, राष्ट्रिय सभाका सदस्य र नागरिक अगुवाको उपस्थिति रहेको उक्त कार्यक्रमको उद्देश्य भनेको दलित जनप्रतिनिधिको अनुभव आदानप्रदान, भावी रणनीति, योजना र विविध विषयमा विचार–विमर्श गर्नु रहेको थियो । […]