हात्तीको आक्रमण रोक्न थापेको विद्युतीय धरापमा परेर झापामा एकको मृत्यु भएको छ । विद्युतीय धरापमा परेर बिर्तामोड नगरपालिका- ७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा आतंक मच्चाउँदै आएको हात्तीको आक्रमण थप एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कोशी गाउँपालिका वडा नं. ५ का १८ वर्षे मोति यादवको मृत्यु भएको हो।