काठमाडौँ। डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार डिजी पे मा आबद्ध हुने ग्राहकहरूले स्टार हस्पिटलको दुईवटा ओ.पी.डी. टिकट निःशुल्क पाउने छन् र साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत सम्मको छुट पाउनेछन्।