चौतर्फी दबाबपछि वीर अस्पतालमा अक्सिजन खरिदका लागि अर्थ मन्त्रालयले गर्‍यो बजेट निकासा

अक्सिजन ढुवानीकर्ता कम्पनीले बक्यौता नतिरेमा ढुवानी नै रोक्ने पत्र पठाएको थियो।  मन्त्री बस्नेतका कारण वीरका बिरामीलाई सेवा परेको र पर्ने  विषयमा स्वास्थ्य खबरले समाचारमार्फत् सार्वजनिक गरेको थियो।  अत्यावश्यक सेवामा मन्त्रालयले बजेट कटौती गरेर आर्थिक नाकाबन्दी गरेको भन्दै स्वास्थ्यमन्त्री बस्नेत र सरकारको चौतर्फी आलोचना भएको थियो।