क्षमा

आज सामुन्ने उही निता आफू पतिद्वारा अपहेलित, ताडित, मानसिक र शारीरिक यातनाबाट मुक्त होइपाऊँ र निज पतिलाई कारवाही गरिपाऊँ भनी हात जोडी आफ्ना सामुन्ने देख्न पाउँदा बलिष्ठ त सम्यभन्दा अरूथोक जगतमा क्यै रहेनछ भन्ने कुरा अप्सरालाई अझ स्पष्ट भयो । उहिलेको ईवीको बादला लिने योभन्दा उपयुक्त अवसर अर्को कहिले आउँला– नआउँला भन्ने कुरा अप्सराले एक मनले सोचिन् । साटो फेर्न र बदला लिन इच्छुकले दुईटा चिहान खन्नुपर्दछ भनी अन्तस्करणले भन्यो । एउटा शत्रु भनिँदा लागि अर्को बदलाको कलुषित भावले भित्राभित्रै गालेको आफ्नै लागि ।