ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णयको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

काटमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोधमा प्रदर्शन गरेको छ । काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेका हुन् । सरकारको विरोधमा नारा लगाएका उनीहरूले सो नीति फिर्ता लिन माग गरका थिए...