खाली क्षेत्रमा बृक्षारोपण गर्नका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले ३ लाख ५८ हजार विरुवा उत्पादन गरेको छ । जिल्लाको पुर्बी भेगमा लगाउने गरी डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालयका नर्सरीमा उत्पादन भएको बताइएको छ ।
विरुवा उत्पादनका लागि डिभिजन वन कार्यालय कपिलवस्तुले २० लाखको लागतमा हाइटेक नर्सरी निर्माण गरेको डिभिजनल वन अधिकृत ईश्वरी प्रसाद पौडेलले बताउनु भयो । वन कार्यालयको परिषर भित्र सुविधा सम्पन्न नर्सरी स्थापना भए पछि जिल्लामा पहिलो पटक धेरै वर्ष राखेर ठुलो विरुवा बनाएर स्थानान्तरण गर्ने समेत तयारी गरिएको छ ।
सडक सौन्र्दयीकरणका लागि गुलमोहर फुल, असोक, विरेन्द्र फुल, कल्की फुल जस्ता विरुवा ३ वर्ष नसरीमा राखी ठुला बनाएर वितरण गर्ने योजना गरिएको छ । जसले गर्दा सडक छेउ राम्रो देखिने र गाई बाख्राले समेत बिरुवाका पात खाने समस्या नहुने पौडेलले बताउनु भयो ।