कुनैपनि मुद्दाका निवेदक र न्यायाधीश तथा झगडिया र न्यायाधीशबीच बाहिर भेटघाट हुन नहुने भन्ने आचारसंहिता छ । न्यायाधीश, कानून व्यवसायी र झगडिया सबैको हकमा यो आचारसंहिता लागू हुन्छ ।
तर, आचारसंहिताको पालनामा कडाइ नहुँदा न्यायाधीश मात्र होइन वरिष्ठ अधिवक्ताहरूले समेत यसको उल्लंघन गर्ने गरेका छन् ।
संवैधानिक निकायमा गरिएको पदाधिकारी नियुक्ति खारेजीको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् ।
प्रधानन्यायाधीश समेतलाई विपक्षी बनाई संवैधानिक निकायमा भएको नियुक्ति बदर गराउन...