निर्वाचित भएको ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिनुभएको छ । निर्वाचित भएको ४५ दिनमै प्रधानमन्त्री ट्रसले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।याे बेलायतको कुनै पनि प्रधानमन्त्रीको सबैभन्दा छोटो कार्यकाल हो । यसअघि सन् १८२७ मा प्रधानमन्त्री जर्ज क्यानिङले एक सय १९ दिनमात्रै प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।  गलत आर्थिक नीतिका कारण आलोचित बन्दै गएकी ट्रसलाई आफ्नै दलभित्रबाट समेत समस्या हुन थालेपछि राजीनामा दिनुभएको हो । हिजो बुधवारसम्म निर्भिकताका साथ काम गर्ने बताएकी ट्रसले आज बिहीवार भने राजीनामा दिनुभएको हो ।उहाँले&n...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन ह