नबिल इन्भेष्टमेन्ट बैंकिङको आजीवन डिम्याट खाता अफर

काठमाडौं (अस) । नबिल इन्भेष्टमेन्ट बैंकिङले हितग्राही खातावाल तथा नयाँ खाता खोल्न चाहनेलाई लक्षित गरी नेपालमै पहिलो पटक आजीवन डिम्याट खाता योजना सुरु गरेको छ । हाल शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताले आफ्नो हितग्राही खाता खोलेपछि प्रत्येक वर्ष तथा मेरो शेयरको खाता नवीकरण गराउनुपर्ने अवस्था रहेकामा कम्पनीले एकपटक खाता खोलेपछि जिन्दगीभर खोल्नु नपर्ने योजना ल्याएको हो । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजीवन नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । दशैंको शुभकामनासहित कम्पनीले नवरात्रको ९ दिन अर्थात् २१ देखि २९ गतेसम्म यस्तो खाता खोल्न चाहनेका लागि २१०० रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न सकिने कम्पनीले बताएको । यस्तो सुविधा विद्यमान खातावाला आफूले भुक्तानी गर्नुपर्ने नवीकरणबापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

नबिल इन्भेष्टमेन्ट बैंकिङले ल्यायो ‘आजीवन डिम्याट खाता’ अफर

काठमाडौं, २० पुस । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ अफर ल्याएको छ । बैंकले कम्पनीले ग्राहकलाई वर्षेनी नवीकरण गरिरहनुपर्ने झञ्झट व्यहोर्नु नपर्ने गरी आजीवन डिम्याट खाता अफर ल्याएको हो । यो योजना गत वर्ष पुस २६ देखि नै सञ्चालनमा रहे पनि भर्खरै सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा डिसेम्बर २०२२ सम्म २०२२ रुपैयाँ […]

नबिल इन्भेष्टमेन्ट बैंकिङको ‘आजीवन डिम्याट खाता’ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजीवन डिम्याट खाता अफर ल्याएको छ । कम्पनीले ग्राहकलाई वर्षेनी नवीकरण गरिरहनुपर्ने झञ्झट व्यहोर्नु नपर्ने गरी यस्तो अफर सार्वजनिक गरेको हो ।यो योजना गत वर्ष पुस २६ देखि नै सञ्चालनमा रहे पनि भर्खरै सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा डिसेम्बर २०२२ सम्म २०२२ रुपैयाँ तिरेर ग्राहकले ९ सय ७८ […]

नबिल बैंकले ल्यायो ‘आजीवन डिम्याट खाता २०२२’ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ । कम्पनीले आजीवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि २ हजार २२ रुपैयाँमा जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुने आजीवन डिम्याट तथा मेरो शेयर खोल्न पाउने व्यवस्था गरेको छ ।यो योजना जनवरी १ देखि २०२२ को अन्तिम डिसेम्बर महिनासम्मको लागि रहेको छ । यो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सकिन्छ । कम्पनीले आ