जीवन बीमा कम्पनीको पूँजी ५ अर्ब पुग्यो, निर्जीवनको २.५ अर्ब
बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि भएको छ । चुक्ता पूँजी वृद्धि भएसँगै अब जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब हुनुपर्नेछ भने निर्जीवन बीमा कम्पनीहरुको २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्नेछ ।
२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]
काठमाडाैं । नेपालको अग्रणी जीवन बीमा कम्पनी दाबी गर्ने नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा नामको नयाँ योजना ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम गरी यो योजना सार्वजनिक गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस बीमा योजनाको अनावरण गर्नुभएको हो । आफु तथा आफ्नो परिवारलाई कहिल्यै पनि […]
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ ।
कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ ।
मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे ।
तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौं । जीवन बीमा कम्पनीहरूले आफ्नो कारोबारको आकार बढाउन निष्कासन गरेका बीमालेख धेरैले किनून् भनेर प्रयास गरिरहेका हुन्छन् । बीमालेख विक्री संख्याले कम्पनीको वर्तमान र भविष्य निर्धारण गर्छ ।
बीमालेख विक्रीमा बीमाको किसिम, बीमा अवधि र बोनस दरको हात हुन्छ । देशमा सञ्चालित जीवन बीमा कम्पनीहरूको सावधिक बीमा योजना सबैभन्दा बढी विक्री भएको पाइन्छ ।
कम्पनीहरूले ल्याउने सावधिक बीमा योजना पनि फरकफरक अवधिका हुन्छ । १५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजना बढी विक्री भएको तथ्यांकले देखाउँछ ।
१५ वर्ष वा त्यस आसपासका सावधिक बीमा योजनामा अपवादबाहेक अधिकतम बोनस दर दिएका कम्पनीहरूले बढी बीमालेख विक्री गर्न सफल भएको हुँदा सबै कम्पनीले आकर्षक बोनस दर राख्न प्रयत्न गर्छन् ।
यसरी हुन्छ बोनस दर निर्धारण
बोनस दर निर्धारण गर्दा बीमा कम्पनीहरूले एकच्युरीबाट प्रत्येक वर्षको सम्पत्ति र दायित्वको वास्तविक मूल्य निर्धारण गराउनुपर्छ । एकच्युरीबाट भएको मूल्य निर्धारण बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।
कम्पनीले एकच्युरीबाट गरेको वास्तविक मूल्य निर्धारण आर्थिक वर्ष सकिएको ५ महीनाभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ ।
बीमा कम्पनीहरूले पठाएको वास्तविक मूल्य निर्धारण ठीक छ कि छैन भनेर हेर्न बीमा प्राधिकरणमा पनि एकच्युरी हुन्छ । बीमा प्राधिकरणको एकच्युरीपछि कम्पनीहरूले त्यसमा समीक्षा गर्छन् ।
कम्पनीहरूको समीक्षापछि प्राधिकरणले बोनस दर स्वीकृत गर्छ । बीमा प्राधिकरणले स्वीकृत गरेको बोनस दर नै कायम हुन्छ ।
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई आगामी चैतमसान्तभित्र मर्जरमा गइसक्न भनेको छ । यसबीचमा १९ बीमा कम्पनी मर्जरमा जाने भएका छन् । केही बीमा कम्पनी भने मर्जमा नजाने देखिएका छन् । ती कम्पनीहरुले आफ्नै पूँजी वृद्धि गर्ने कार्ययोजना बीमा समितिमा पेश गरेका छन् । अहिले १९ जीवन बीमा कम्पनी र १९ निर्जीवन बीमा कम्पनी रहेका […]
काठमाण्डाै – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई जीवन बीमाकाे क्षेत्रमा ‘देशकै नम्बर १’ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममार्फत ‘नेपालकै नं. १ अभियान’ सार्वजनिक गरी तथ्य परक प्रमाणहरू प्रस्तुत गर्दै याे दाबी गरेको हो ।
कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरूका अनुसार आ.व. २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अ...
नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्।
नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु