खसीको मूल्य बढ्दा मासु अभाव

सामान्तय दशैंमा फूलपातीको दिनदेखि देशै भर मासुको खपत बढ्छ । तर, झापामा खसीको मूल्य वृद्धिले मासुको अभाव सिर्जना भएको छ । खसीको मूल्य अत्याधिक बढेपछि झापाको बिर्तामोड नगरपालिका– ५स्थित कृषिथोक बजारमा सञ्चालित मासु पसल बन्द हुन थालेका छन् । जिल्ला मासु व्यवसायी संघ झापाका सदस्य गोविन्द तिम्सिना कृषिथोक बजारमा मासु पसल गर्छन् ।