नेपालको १३२ भन्दा बढी देशसँग वैदेशिक व्यापारः ११० देशसँग घाटा, २२ देशसँग मात्र नाफामा

नेपालको वैदेशिक व्यापार रहेको विश्वका १३२ भन्दा बढी देशमध्ये ११० वटासँग व्यापार घाटामा रहेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) नेपालले ती देशसँग व्यापार घाटा व्यहोरेको हो। वैदेशिक व्यापार रहेकामध्ये मात्र २२ देशसँग व्यापार नाफामा रहेको भन्सार विभागले जनाएको छ। नेपालको सबैभन्दा ठूलो व्यापार घाटा क्रमसः भारत, चीन र इन्डोनेसियासँग रहेको छ।

सम्बन्धित सामग्री

हिमालयन रिइन्स्योरेन्सका आईपीओधनी २९१ रुपैयाँभन्दा बढी नाफामा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ खरीद गरेका लगानीकर्तालाई पाँच कारोबार दिनमा नै २९१ रुपैयाँ नाफा भएको छ । पुस २३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको हालसम्म पाँच दिन शेयर कारोबार भएको छ । कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तोकेको अधिकतम मूल्य रेञ्जमै कम्पनीको पहिलो शेयर कारोबार भएको हो । पहिलो कारोबार दिनदेखि नै कम्पनीको शेयर मूल्य आईपीओ मूल्यभन्दा माथि रहेको थियो । पाँचौं कारोबार दिनसम्म आइपुग्दा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा खरीद गरेका लगानीकर्ता यतिबेला उत्साहित बनेका छन् । पहिलो कारोबार दिनदेखि नै उच्च खरीद मागका कारण कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममा नै रहेको देखिन्छ । आईपीओ १० कित्ता हात पर्न भाग्य भरोसा रहनुपर्ने अवस्थामा कम्पनीको आईपीओ भने ४० कित्तासम्म बाँडफाँट भएको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको हो । तोकिएको अवधिभित्र १५ लाख ७३ हजारभन्दा बढीले आवेदन दिएका थिए ।  कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणको भागमा परेको हो । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ कायम भएको छ । हाल संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीमा वितरण गर्‍यो आईपीओ

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरिएको हो । दोस्रो चरणमा सर्वसाधारणका लागि मङ्सिर २७ गतेदेखि आईपीओ निष्कासन गर्ने मिति तय गरिसकेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा मङ्सिर २४ गते आईपीओ बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३२ हजार ५६ जना आवेदकहरूमा १० कित्तादेखि अधिकतम १८० कित्तासम्म आईपीओ बाँडफाँट गरिएको हो । ३२ हजार ६४ जना वैदशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिएको जानकारी विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले दिएको छ । रितपूर्वक नभएका ८ आवेदन रद्द गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।  कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो । पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।  सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालीन बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।

हिमालयन रि इन्स्योरेन्सले परिवर्तन गर्‍यो आईपीओ निष्कासनको मिति

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनको मिति परिवर्तन गरेको छ । यसअघि कात्तिक २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गर्ने मिति तय गरिएकोमा तिहारको बिदालाई ध्यानमा राखी मङ्सिर ४ गतेदेखिको मिति तय गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मङ्सिर १८ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशत दरको ३ करोड कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सर्वसाधारणमा प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १०६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ विक्री गर्न कम्पनीले अनुमति पाएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा ३० लाख कित्ता आईपीओ विक्रीमा आउने भएको हो । पहिलो चरणको आईपीओ विक्री तथा बाँडफाँटपछि बाँकी रहेको आईपीओमध्ये सामूहिक लगानीकोषका लागि १५ लाख कित्ता, कर्मचारीका लागि ६ लाख कित्ता बाँडफाँट हुनेछ भने २ करोड ४९ लाख कित्ता आईपीओ भने दोस्रो चरणमा सार्वजनिक निष्कासनमा आउनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।  कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त रूपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रूपमा यो कम्पनी भित्रिन लागेको हो । यसअघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत छ । यो कम्पनी २०७८ असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा छ । अधिकृत पूँजी २१ अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रुपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

वैदेशिक रोजगारीमा रहेका नेपालीले सन नेपाल लाइफको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । साउन १ गतेदेखि निष्कासनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १३९ रुपैयाँ थप गरी प्रतिकित्ता २३९ रुपैयाँ ९६ पैसामा आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न बोर्डको अनुमति पाएको हो । कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्न सक्षम रहेको औसत स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्ग लिमिटेड छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै  मेरो शेयर सफ्वेयरबाट समेत आवेदन दिन सक्नेछन् । नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।

अमेरिकासँगको व्यापार पाँच वर्षपछि नाफामा, १७० देशमध्ये १३२ सँगको व्यापार घाटामै

काठमाडौं । नेपालले अमेरिकासँग ५ वर्षपछि व्यापार नाफा गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)मा अमेरिकासँगको व्यापार नाफामा गएको हो । सो आवमा नेपालले अमेरिकासँग १४ करोड ६५ रुपैयाँ व्यापार नाफा गरेको छ । विभागका अनुसार गत आवमा नेपालबाट अमेरिकामा १९ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने अमेरिकाबाट १९ अर्ब ४२ करोडको सामान आयात भएको छ । गत आवभन्दा अघि पछिल्लो पटक आव ०७३/७४ मा नेपालले अमेरिकासँग व्यापार नाफा गरेको थियो । त्यसयता पाँच आवमा नेपालको अमेरिकासँगको व्यापार घाटामा थियो ।  अमेरिकासँग ६ वर्षको वैदेशिक व्यापार (रू हजारमा) स्रोत : भन्सार विभाग गत आवमा नेपालबाट अमेरिका निर्यात भएका वस्तुमध्ये सबैभन्दा धेरै रकम भित्र्याउनेमा गलैंचा, फेल्टका सामग्रीलगायत छन् ।  तीमध्ये गलैंचा निर्यातबाट मात्रै ७ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी भित्रिएको छ । यस्तै फेल्टका सामान २ अर्ब ४४ करोडको निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।  अमेरिकाजस्तो मुलुकमा नेपाली सामान निर्यात हुनुले यी सामानको गुणस्तर राम्रो रहेको देखिएको विज्ञ बताउँछन् । यसले नेपाली उद्यमीको क्षमता पनि देखाएको ती विज्ञको भनाइ छ । गत आवमा अमेरिका निर्यातबाट सर्वाधिक रकम भित्र्याउने १६ वस्तु स्रोत : भन्सार विभाग 'व्यापार थप सुधार गर्न अमेरिकासँग पहल गर्नुपर्छ'  अमेरिकन चेम्वर अफ कमर्शका महासचिव गान्दी पन्डित गत आवमा नेपालको अमेरिकासँगको व्यापार केही सुधार भएको बताउँछन् । 'लामो समयदेखि व्यापार घाटा रहेको अमेरिकासँगको व्यापार सुधारले वैदेशिक व्यापारमा पनि सुधार गर्न सकिन्छ भन्ने आशा देखिएको छ,' उनले भने ।  तर, अमेरिकासँगको व्यापार थप सुधार गर्न आवश्यक रहेको उनी बताउँछन् । यसका लागि नेपाल सरकारले अमेरिकी सरकारसँग पहल गर्नुपर्ने उनको सुझाव छ । यससँगै अमेरिकी लगानी भित्र्याउन पनि सरकारले पहल गर्नुपर्ने उनी सुझाउँछन् । 'नेपालमा अथाह सम्भावना छ,' उनी भन्छन्, 'एमसीसीमा पनि लगानी आएको थियो । तर, सम्भावना भएजति लगानी ल्याउन सकेनौं ।'  यस्तै, निर्यातको सम्भावना भएको वस्तुको पहिचान गरी अमेरिका पठाउनुपर्ने उनको सुझाव छ । अमेरीकाले सन् २०१५ देखि ७७ ओटा वस्तुको निर्यातमा भन्सार छूट दिएको छ । 'त्यस्ता वस्तुको उत्पादन बढाउनुपर्छ । त्यस्तै नेपालले निर्यात हुने वस्तुलाई सहुलियत दिन अमेरिकी सरकारसँग पहल गर्नुपर्छ,' उनले भने ।  विज्ञहरू पनि नेपाल सरकारले पहल गरे अमेरिकामा निर्यातको आकार अझै बढ्ने बताउँछन् ।  १७० देशसँग वैदेशिक व्यापार, ३८ सँग मात्रै नाफा विभागका अनुसार नेपालको १७० देशसँग व्यापार हुने गरेको छ । तीमध्ये १३२ देशसँग व्यापार घाटा छ भने ३८ देशसँगको व्यापार मात्रै नाफामा छ । तीमध्ये सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । गत आवमा डेनमार्कसँग नेपालको व्यापार नाफा ५१ करोड २० लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ ।  सर्वाधिक व्यापार नाफाको सूचीमा अमेरिका दोस्रो स्थानमा छ भने तेस्रोमा नर्वे छ । नर्वेसँग नेपालको व्यापार नाफा ९ करोड ७२ लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ ।   नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारतसँग छ । नेपालको भारतसँग मात्रै ९ खर्ब २१ अर्ब १६ करोड रुपैयाँ व्यापार घाटा छ । यो सूचीमा दोश्रो नम्बरमा चीन छ । चीनसँग नेपालको व्यापार घाटा २ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ छ । यो सूचीमा तेस्रोमा रहेको इन्डोनेसियासँग नेपालको व्यापार घाटा ४१ अर्ब ५१ करोड रुपैयाँ छ ।  कुल वैदेशिक व्यापार भने १४ खर्ब ५४ अर्ब घाटामा नेपालले गत आवमा १७ खर्ब ६८ अर्बको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार गत आवमा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपैयाँमा झरेको छ ।

नेपालको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार, ३५ देशसँग मात्र नाफामा

काठमाडौं, १७ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा नेपाललको १६३ भन्दा बढी देशसँग वैदेशिक व्यापार रहेको छ। भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये मात्र ३५ सँग व्यापार नाफामा रहेको छ। नेपालको १२८ भन्दा बढी देशसँग व्यापार घाटामा रहेको छ। पछिल्लो ९ महिनामा नेपालको कूल वैदेशिक व्यापार घाटा १० खर्ब ८३ अर्ब २२करोड रुपैयाँभन्दा बढी रहेको छ।

वैदेशिक रोजगारीमा गएका नेपालीले आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अर्थात् मंगलवार अन्तिम दिन रहेको छ ।  कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये १० प्रतिशत आरक्षित शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गरेको हो ।  वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।  सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने मिति तय भएपनि कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित छ । पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले पनि कम्पनीको आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित देखिएको छ । यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो  शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ०७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

नेपालको वैदेशिक व्यापार : २१ देशसँग नाफा, ११६ देशसँग घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागले जनाएको छ । गत साउन र भदौ […]

नेपालको १४० देशसँग व्यापार घाटा, ३१ देशसँग मात्र नाफामा

काठमाडौँ- गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको वैदेशिक व्यापार विश्वका १७१ भन्दा बढी देशसँग रहेको पाइएको छ । भन्सार विभागका अनुसार वैदेशिक व्यापार भएका देशमध्ये १४० देशसँग घाटा र ३१ देशसँग मात्र नेपालको व्यापार नाफामा रहेको छ । गत आर्थिक वर्ष नेपालको कुल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख ११ हजार […]

बैंकहरुले कमाइरहेको नाफामा सरकारले हदबन्दी लगाउनु पर्छ : नेपाल उद्योग परिसंघ

पुस ४, विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा गरेमा विभिन्न करहरु तिर्नु पर्ने तर बैंकहरुले जतिपनि आर्जन गर्न पाउने विभेदकारी नीति तत्काल खारेज गरि बैंकहरुको नाफामा हदबन्दी लागू गरिनु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रदेशका अध्यक्ष भीम घिमिरेसहितका उद्योगीहरुले बैंक पञ्चायतकालीन साहु महाजन बनिरहेकाले सरकारको ध्यानाकर्षण गराउदै बैंकहरुको मनपरि विरुद्ध चरणबद्ध आन्दोलनसमेत गर्ने चेतावनी दिएका छन् ।  बैंकहरुले तरलत अभाव देखाउँदै उद्योगीहरुले कच्चा पदार्थ ल्याउनका लागि एलसी खोल्दासमेत एफडी माग गरिरहेकाले बैंकहरुको मनोमानि बढेको पनि उद्योगीहरुले गुनासो गरेका छन् ।   ‘हामीले शुुरुदेखि उठाउँदै आएको पूँजी निर्माणको लागि, निक्षेप बढाउन ब्याज वृद्धि होइन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउन अति आवश्यक छ’, घिमिरेले भने, ‘बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरि कायम गर्न र उत्पादन, पूर्वाधार जस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरि मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो ब्याज दरको व्यवस्थालाई स्थिर र निरन्तरता राख्ने पहल गर्न पुनः गम्भीर ध्यानाकर्षण गर्दछौं ।’ मुलकका बैंकहरू राष्ट्रको अर्थतन्त्र उकास्ने माध्यम बन्नुपर्ने बताउँदै घिमिरेले व्यापारी जस्तो नाफा कमाउने उद्देश्यले बैंकहरु प्रेरित भएको बताए ।  ‘नेपालमा बैंकका गतिविधिहरु नाफा कमाउने व्यापारी, पुराना साहुमहाजन जस्तो पुरातनवादी भएका छन् र यसको प्रत्यक्ष उदहारणका लगानीको लागि पेस हुने कागजातमा सबै लगानीसँग असम्बन्धित परिवारका सबैको जमानी लिएर मानसिक दवाव सृजना गर्ने परिपाटीलाई लिन सकिन्छ,’ परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । आर्थिक अवस्था चलायमान र पूँजी निर्माण हुन नदिने मुख्य कारण नै बैंक तथा वित्तीय संस्था रहेको परिसंघले ठहर पनि गरेको छ ।  ‘एकै छिनमा तरलताको अभाव देखाई ब्याज बढाउने, फिक्स डिपोजिटमा ब्याज बढी दिई रहेका छौं भन्ने देखाई लगानी उत्पादन क्षेत्रको ब्याजसमेत वृद्धि गरि लगानी कर्ता, जनता र देश डुबाउन यस्तो खेल कहिलेसम्म चल्छ ?’, विज्ञप्तिमा भनिएको छ, ‘देशमा औद्योगीकरणको बाधक रहेको र अस्थिर तरिकाले हरेक महिना यसरी ब्याज घटाउने बढाउने खेलमा उद्योगहरू चैं धरासायी हुने र सरकार र केन्द्रीय बैंकले अरू बैंकलाई पाल्ने काम मात्र गरि सरकारले यी नयाँ जमानाका साहू महाजन विकास गर्नेतर्फ लागेको हामीलाई महशुस हुन थालेको छ ।’ उद्योगीले बैंकको लगानी कर्ता र उद्योगको लगानी कर्ता फरकफरक हुनुपर्ने माग पनि गरेका छन् । परिसंघका अध्यक्ष घिमिरेले बैंक संचालकहरू र लगानीकर्ता एउटै हुनुले मुलुकको आर्थिक अवस्था कहाँ र कसरी चलेको छ भन्ने कुरा मुलुकको केन्द्रीय बैंकलाई जानकारी छैन र ? भन्ने प्रश्न गरे । ‘यसलाई केन्द्रीय बैंक एवम् सरकारले अनदेखा गर्न कदापि हुँदैन भन्ने कुरा हामी राख्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । हाल बैंकहरूले वैदेशिक व्यापार पैठारीको लागि खोलिने एलसी खोल्न बन्द नै गरेको अवस्था रहेको बताउँदै परिसंघका बरिष्ठ सल्लाहाकार महेश जाजूले यसबाट मुलुकको व्यापार ठप्प हुनुको साथै सामग्रीको आभाव आपूर्तिमा समस्या कच्चा पदार्थको आभावमा उद्योग कारखाना नै बन्द हुने दाबी गरेका छन् ।  यसबाट रोजगारी र सरकारको राजस्वमामा समेत ह्रास हुने निश्चित देखिएको बताउदै जाजुले भने ‘मुलुकको अर्थतन्त्र ठप्प हुनबाट जोगाउन हामी सरकारसंग अपिल गर्छाैं, नत्र हामीले बाध्य भएर सडकमा आन्दोलन गर्नुपर्ने हुन्छ ।’ पत्रकार सम्मेलनमा संविधानसभा सदस्य एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं सिएनआईका संरक्षक उद्योगी पवन सारडाले बैंकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताए । पछिल्लो समय बैंकका कारण अन्तर्राष्ट्रिय कारोबारमा नेपाली आयात–निर्यातकर्ताको छवी समेत धुमिलिएको उद्योगी सारडाको भनाइ छ ।  ‘२० करोड रुपैयाँको एलसी खोल्न कागजात पेश गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने शर्त बैंकहरुले राखिरहेका छन्,’ सारडाले भने, ‘५ करोड भए कर्जा माग्दै जानुपर्दथ्यो ?’ वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैंकहरुले एसली खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरु स्वतः बन्द हुने चरणमा पुग्ने उनले बताए ।  यस्तै परिसंघले बीमा क्षेत्रमा पनि विकृति मौलाएको बताउँदै बीमा आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिएका छन् । ‘बीमा गराउने उद्योगी व्यवसायीको रुची र आफ्नो इच्छा अनुसार बीमा गराउन पाउनु पर्दछ र यहाँ त सबै विषयहरू जुन आवश्यक नै हुँदैन तिनीहरू समेत गाभेर बीमा गराउने गरिएको छ र यसैमा प्रिमियमसमेत धेरै राख्ने गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यसको तुरुन्तै सुधारको माग गर्दछौं ।’