काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । बाल यौन दुरूपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका शाहले रिहा भएपछि उक्त फिल्मबाट चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका हुन् । राया फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुक्रबार चलचित्र बिकास बोर्डमा दर्ता गरी इजाजतपत्र लिइएको छ । चलचित्रमा शाहका साथमा कविता […]