सुरुवाती एघारबाट रविशंकर र अभिषेक ‘आउट’, अञ्जन प्राथमिकतामै

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल खेलको लागि नेपालले आफ्नो सुरुवाती एघार घोषणा गरेको छ । टोलीमा मीडफिल्डर रबिशंकर पासवानको स्थानमा सुनिल बलले प्राथमिकता पाउनुभएको छ । त्यसैगरी, अभिषेक रिजालको स्थानमा विशाल राईलाई उतारिएको छ । त्रिदेशीय कप फुटबलको उपाधिका लागि अबको केही बेरमा नेपालले दशरथ रङशालामा बङ्गलादेशको सामना गर्दैछ । प्रशिक्षक बालगोपाल महर्जन बङ्गलादेश बिरुद्धको खेलमा आक्रामक रणनीति लिएर मैदानमा उत्रिने लक्ष्य लिएको छ ।