सिटिजन्स बैंकका ग्राहकलाई विनायक अस्पतालमा छूट

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको टोखास्थित विनायक अस्पताल तथा प्रसूति गृह प्रालिबीच बैंकका ग्राहकलाई छूट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरपश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले अस्पतालका सेवामा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बताएको छ । बैंकले १९० शाखा, १५२ एटीएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।