३० लाखको योजना पूरा, तर धारामा आउँदैन पानी

बागलुङ : बागलुङ नगरपालिका–१ माझीबस्तीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको एक वर्ष भयो। तर धारामा पानी आएको छैन। माझी समुदायलाई पानी लिन कालीगण्डकी पुग्नुपर्ने बाध्यता छ।बागलुङ नगरपालिकाको पहलमा रामरेखा स्थित कालीगण्डकी किनारामा तीन वर्षअघि मात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो। माझी बस्तीमा १४ नमुना घर पाए पनि अन्य सेवा सुविधा पाउन सकेका छैनन्।  नमुना बस्तीमा एक घर