बुटवलमा पहिराेले ७ घर पुरिए, ५० घरमा क्षति

बुटवल । अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ८ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

बुटवलको ज्योतिनगरमा फेरि पहिरो : ९ घर पुरिए, २० घरमा क्षति

बुटवलमा सोमवार वर्षा हुँदा फेरि ज्योतिनगरमा पहिरो गएर ९ घर पुरिएका छन् । निरन्तर वर्षा भइरहेकाले ज्योतिनगरमा ढुंगा र रूख सहितको लेदो झरिरहेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको छ । चुरेबाट झरेको पहिरोले ज्योतिनगरमा त्रास फैलिएको छ । यसअघि गत भदौ १३ गतेदेखि ३ दिनसम्म अविरल वर्षा हुँदा ७ घर पुरिनुका साथै २० घरभित्र बस्नै नमिल्ने गरी हिलो सहितको लेदो पसेको थियो । ज्योतिनगर बुटवल–३ स्थित चुरेको फेदमा पर्छ ।  ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (ड...

बुटवलको ज्योतिनगरमा निरन्तर पहिरो, थप सात घरमा क्षति

बुटवल - बुटवलमा आइतबार बिहानदेखि झर्न सुरु गरेको लेदोसहितको पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् । वर्षाका कारण जोखिम न्यूनीकरणका काम गर्न समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । आइतबारसम्म २ दर्जन बढी घ…

चुरेबाट खसेको पहिरोले बुटवलका एक दर्जन घर जोखिममा

बुटवल– अविरल वर्षापछि आएको पहिरोले बुटवलमा १९ घर जोखिममा परेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर–३ ज्योतिनगरमा पहिरोले एक दर्जन घरमा क्षति पुर्‍याएको हो। आइतबार बिहान ५ बजे चुरेबाट खसेको पहिरोले खिम क्षेत्रीलगायत एक दर्जन स्थानीयको घरमा क्षति पुगेको छ। उनले आफूहरू सुतिरहेका बेला ढुंगासहितको लेदो आएपछि भागेर ज्यान बचाएको बताए। पहिरो आएको चाँडै थाहा पाएकाले […]

बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा

बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामील