सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनबारे भइरहेको बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनर्स्थापना हुँदैन भनिरहेको कुरा उठाइएपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘बाहिरको कुराले तपाईं प्रभावित हुनुहुन्छ ? हुनुहुन्न भने हामी पनि हुन्नौं’ भने। तपाईँले यस्तो व्यहोराको समाचार आज कतै पढ्नुभएको वा सुन्नुभएको छ? छ भने तपाईँले गलत समाचार पाउनु भयो। [...]