काठमाण्डाै – सरकारले मिटरब्याजीविरुद्ध कारबाही सुरु गरेपछि ५९ जना पीडित मिटरब्याजबाट मुक्त भएका छन् ।
सरकारले मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेर कारबाही सुरु गरेपछि हिजो आइतवारसम्म ५९ जना पीडितसँग गरेको ऋण लेनदेनको कागज च्यातेर उनीहरूलाई मिटरब्याजबाट मुक्त गरिएको कार्यदलका संयोजक भीष्मकुमार भुसालले जानकारी दिनुभयो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिटरब्याजी र पीडित दुवै पक्षलाई राखेर छलफल गराइ कागज च्यातिएको संयोजक भुसालले बताउनुभयो ।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी आह्...