तीन वटा क्लबलाई एएफसीको क्लब लाइसेन्स प्राप्त

काठमाण्डौ – ‘ए’ डिभिजनका तीन वटा क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेका छन् । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्नेमा मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ फुटबल क्लब रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यी क्लबले अघिल्लो सिजन पनि क्लब लाइसेन्स पाएका थिए । क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले सन् २०२३/२४ मा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।