मानिसलाई अनुशासित बनाउन गुरुकुल शिक्षा : नेता कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राख्नुभयो । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले …