कर्णाली प्रदेश अस्पतालमा अत्याधुनिक प्रविधिको म्याग्नेटिक रेजोनेन्स इमेजिङ (एमआरआई) मेसिन सञ्चालनमा आएको छ । ठूलो क्षमता र अत्याधुनिक प्रविधिसहितको एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि कर्णालीवासीलाई महँगो खर्च गरेर प्रदेशबाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।प्रदेश अस्पतालमा यो प्रविधिबाट उपचार सेवा सुरु भएसँगै मानव शरीरमा रहेका पदार्थ एवं तत्त्वहरूको...