लुम्बिनीकाे प्रदेश सभा भवन निर्माण कार्य अन्तिम चरणमा (तस्बिरसहित)

दाङ- लुम्बिनी प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेशको स्थायी राजधानी राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माणाधीन प्रदेश सभा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले जानकारी दिए। साउन महिनाभित्र काम सम्पन्न हुने र भदौ महिनामा प्रदेश सरकारलाई प्रदेश सभा भवन हस्तान्तरण गरिने छ। ‘९० […]

सम्बन्धित सामग्री

पाँच वर्षमा पनि बनेन प्रदेश सभा भवन

पाँच वर्षसम्म पनि प्रदेश सभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको सुरुका बैठक साँघुरो भवनमा नै सञ्चालन हुने भएको छ। देश सङ्घीय संरचनामा गए पनि गठन भएको प्रदेश सभाको पहिलो पाँचवर्षे अवधिमा समेत प्रदेश सभा भवन निर्माण सम्पन्न नभएका कारण प्रदेश सभाको दोस्रो कार्यकालको काम पनि साँघुरो भवनबाटै गर्नुपर्ने बाध्यता सिर्जना भएको हो।

प्रदेश सभा भवन निर्माण

लुम्बिनी प्रदेश सरकारले दाङमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम सम्पन्न भएको छ। रङरोगनलगायतको काम भने बाँकी रहेको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत फेरबदलमा विवाद हुँदा भवन निर्माणमा केही समय ढिला भएको हो। भवनको काम सकिए पनि भित्री काम बाँकी छ। दुई वर्षअघि वाईबी इन्फ्रास्टक्चर एन्ड सप्लायर्सले निर्माण कम्पनीले निर्माण ठेक्का लिएको थियो।

रोकिएको प्रदेश सभा भवन निर्माण सुरु

दाङ-निर्माणको क्रममा रोकिएको लुम्बिनी प्रदेशको सभा भवनको निर्माण कार्य सुरु भएको छ ।बन्दै र रोकिँदै आएको लुम्बिनी प्रदेश सभा भवन पुरानै डिजाइनमा बन्ने भएको छ । प्रदेश सरकारले पुरानै ढाचा र बजेटमा प्रदेश सभा भवन निर्माणका लागि निर्देशन दिएपछि डेढ महिनादेखि रोकिएको प्रदेश सभा भवन निर्माणको काम बिहीबारदेखि पुनः सुरु भएको हो । नयाँ डिजाइनमा […]

राति पनि भइरहेछ प्रदेश सभा भवन निर्माण

दाङ – रातिको १० बज्नै लागेको छ। बत्तीको उज्यालोमा प्रदेश सभा भवन निर्माण जारी छ। बैठक सञ्चालन हुने स्थानको भुइँ ढलान चल्दै छ। यसरी रात–दिन दुई सिफ्टमा काम हुन थालेको २२ दिन भइसकेको छ। यो अवधिमा प्रदेश सभा भवन निर्माणले लय पकडेको छ। लुम्बिनी प्रदेश सरकारले राजधानीमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम दिन–रात […]