सहकारी ठगी प्रकरण : गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।...
सूर्यदर्शन सहकारी ठगी प्रकरण पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पीडितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेसमेत विरुद्ध उजुरी दिएकामा कास्की प्रहरीले छानबिन थालेको जनाएको छ । सूर्यदर्शन सहकारीपीडित संघर्ष समितिले सोमबार लामिछाने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, लेखनाथका व्यवसायी नेत्रपाणि बास्तोलासहित १४ कम्पनी गरी […]
The post रवि लामिछानेविरुद्ध प्रहरीको छानबिन सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका ६ अभियुक्त मंगलबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । कास्की जिल्ला अदालतले उनीहरूलाई पुर्पपक्षका लागि...
पोखरा । पोखरा–१३ काहुँखोलाकी ४० वर्षीया लक्ष्मी महर्जनले २ वर्षअघि सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १० लाख रुपैयाँ जम्मा गरिन् । मुद्दती खातामा राखेको सो रकमको राम्रै ब्याज आयो । पहिला १४ प्रतिशत ब्याजदरमा बचत गरेकामा गत वर्ष बढाएर झन् १७ प्रतिशत दिने आश्वासनपछि सो रकम उनले निकालिनन् । भविष्यको गर्जो टर्ला भनी आशामा […]
The post सूर्यदर्शन सहकारी ठगी प्रकरण: बचतकर्ताको बिचल्ली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले झन्डै...
सिभिल सहकारीले निक्षेपकर्तामाथि गरेको आर्थिक ठगीमा ४२ प्रतिवादी करार गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा पेस भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा पेस गरेको हो ।
जिल्ला सरकारी वकिल...
काठमाडौं । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सम्पर्कमा आएका छन् ।
सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । गत मंगलवार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरूलाई अहिले हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । यस क्रममा थप पीडितहरू थपिँदै आएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।
‘उनीहरूलाई पक्राउ गरेपछि मंगलवार ६० र बुधवार ५३ जना पीडितहरूले जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘बिहीवार घटस्थापनाको बिदाका कारण थप पीडितहरू आएका छैनन् ।’ पीडितहरू थपिएसँगै तामाङसहितको टोलीले गरेको ठगी रकम पनि बढेर करीब ८४ करोड पुगेको उनको भनाइ छ ।
मंगलवार १३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर करीब ८४ करोड रुपैयाँ पुगेको छ ।
उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यस क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । निक्षेपकर्ताहरूको उजुरीका आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् । यस कसुरमा संलग्न अन्य ११ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि छन् । निक्षेपकर्ताले मुद्दती खातामा जम्मा गरेको रकम अवधि सकिएपछि झिक्न पटकपटक सहकारीमा पहल गरेका थिए । तर पनि सहकारीबाट पैसा फिर्ता नपाएपछि पीडित निक्षेपकर्ताहरू कानूनी प्रक्रियामा अगाडि बढेका हुन् ।
सीआईबीले अन्य पीडित निक्षेकर्तालाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ । प्रारम्भिक अध्ययनले सिभिलमा करीब २ हजार २०० जना सक्रिय निक्षेपकर्ता छन् । तर, त्यसमा कति जना ठगिए भनेर यकिन भइसकेको छैन । तसर्थ, सबै पीडित निक्षेपकर्ता सम्पर्कमा आएर जाहेरी दिनुपर्ने प्रवक्ता महतोले बताए ।
यस घटनामा तामाङसहितको टोलीले योजनाबद्ध रूपमा उक्त रकम हिनामिना गरेको बताइएको छ । उनीहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि उक्त रकम प्रयोग भएको बताइएको छ ।
सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिरहेका छौं ।’