काँकड्भिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानी

झापा । झापाको काँकडभिट्टाबाट भिसा लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भुटानका नागरिक रहेका छन् । भुटान बाहेक यो नाका भएर अन्य मुलुकका पर्यटक ज्यादै कम आउने गरेका हुन् । ३ वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट भिसा लिएर १ हजार ९ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएकाे छ । […]