सिन्धुपाल्चोक। तीन करोड १७ लाख ६९ हजार रुपैयाँमा निर्माण भएको हेलम्बु इलाका प्रहरी कार्यालय मेलम्ची खोलामा आएको बाढीले ढालेको छ। पाँच महिना अगाडि मात्रै निर्माण सम्पन्न भइ उद्घाटन भएको प्रहरी चौकी गएराती आएको बाढीले ढालेको प्रहरी चोकीमा कार्यरत हवल्दार इन्द्र अधिकारीले बताए। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उक्त भवन निर्माण भएको थियो।