खोटाङ – खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको बादेलमा टाउको दुख्ने, ज्वरो आउने भाइरल बिमारी फैलिएको छ ।
दशैँ अघिदेखि टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, हात खुट्टा र शरीर करकर खाने लगायतका समस्या देखिने भाइरल बिमारी फैलिएको हो ।
भाइरल बिमारीले साविकको बाकाचोल–२ र ३ मा पर्ने बादेलका धेरैजसो घरका स्थानीय बिरामी परेको वडाध्यक्ष नन्दकुमार तामाङले बताउनुभयो ।
भाइरल बिमारीको संक्रमण बढ्दै गएपछि स्वास्थ्य चौकी बाकाचोलसँगको समन्वयमा औषधिसहित स्वास्थ्यकर्मी लगेर बादेलमा उपचार शि...