क्याम्पसमा नेविसंघ र प्रचण्ड–माधव समूहका विद्यार्थीको ताला

धनकुटा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।गत फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखद्वारा फेरबदल गरेको भन्दै अनेरास्ववियूले ताला लगाएको हो।धनकुटा बहुमुखी क्याम्पस प्रमुख र सहायक क्याम्पसको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियू क्याम्पस कमि