म्यानमारकी नेतृ सुकीको सजाय पुनरावलोकनको अपिल अदालतद्वारा खारेज

काठमाडौं । म्यानमारको अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा सुनाइएको सजायबारे पुन विचार गर्न नेतृ आङ साङ सुकीले गरेको अपिल अस्वीकार गरेको छ । भ्रष्टाचारको आरोपमा गत साता सुनाइएको पाँच वर्षको सजायविरुद्धमा सुकीले अपिल गर्नुभएको थियो । अदालतले सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उहाँलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । […]

सम्बन्धित सामग्री

सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको आग्रहलाई म्यानमारको अदालतद्वारा खारेज

म्यानमारको सैन्य प्रशासनसँग वफादार अदालतले भ्रष्टाचारविरुद्धको अभियोगमा आफूलाई सुनाइएको सजायबारे पुनर्विचार गर्न नेत्री आङ सान सुकीले गरेको अपीललाई बुधबार अस्वीकार गरेको छ । गत हप्ता सुनाइएको भ्रष्टाचारको आरोपमा पाँच वर्षको सजायको विरुद्धमा सैनिक बलमा पदच्युत गरिएकी नेत्री आङ सान सुकीले अपिल गरेकी थिइन् । उक्त फैसलाको विरुद्ध सुकीको कानुनी टोलीले दायर गरेको अपीलमा नोबेल पुरस्कार विजेता नेत्री सुकीलाई नगद र सुनको घुस स्वीकार गरेकोमा दोषी ठहर गर्दै गत हप्ता उनलाई पाँच वर्षको जेल सजाय सुनाएको