समानुपातिकमा ‘घण्टी’ले कटायो ११ लाख मत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ। १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख १ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख १३ हजार, नेपाली कांग्रेसले २५ लाख ७७ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ९ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त