जङ्गली हात्तीका बथानले गएराति शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धानबालीमा क्षति पु–याएको छ । चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको नलैसहितको धान खाएर क्षति पु–याएको हो ।“दश कठ्ठा जग्गामा लगाइएको धानबाली काटेर घरमै थ्रेसिङ गर्न ल्याएका थियौँ” स्थानीय किसान राजकुमार चौधरीले भने, “हात्तीका बथानले पुरै धानका बाला खाएको छ । निकै नोक्सानी भयो ।”उनका अनुसार खेतमा उत्पादन भएको धानले पुरै परिवारका ल