बेलायतको राजनीतिक हलचल, निराश परिवेश

आर्थिक सङ्कटलाई समाधान गर्न आफूलाई ‘अवरोधक’ बनाउने कसम खाएकी बेलायतकी प्रधानमन्त्री लिज ट्रसले करिब सबै पूराना निर्णयबाट यू–टर्न गर्नुभएको छ । उहाँले पदबाट बहिर्गमनको घोषणा गरे पनि आफ्नै मन्त्रीको कमजोर अर्थनीतिका कारण थप जटिल बन्दै गएको मुद्रा स्फीतिको मार्गलाई अबरोध गरी उहाँको एउटा प्रतिज्ञा पुरा गर्नुभयो । प्रधानमन्त्रीको छोटो कार्यकाल सात दिनको अवधिमा चरमोत्कर्षमा पुगेको …